भक्तपुर। नेकपा एमालेका दशौँ महाधिवेशनको स्थायी कमिटीको बैठकमा सहभागी सदस्यले भक्तपुर जिल्ला कमिटीले बधाई ज्ञापन गरेको छ । भक्तपुरको गठाघरस्थित जर्मन होम हस्पिटालिटीमा २५ र २६ मंसिरमा बैठक सञ्चालन भएको थियो ।
सहभागिलाई भक्तपुरको मौलिक पहिचानबारे जानकारी दिनको लागि स्वागतद्धारमा भक्तपुरको पहिचान दिने मठमन्दिर, संस्कृति र परम्परा झल्किने गेटको निर्माण गरिएको थियो । यसैगरी दोस्रो द्वारमा मध्यपुर थिमि नगरपालिकाको पहिचान बोकेको गेट निर्माण गरिएको थियो । जसमा पालिकामा भएको सांस्कृतिक, धार्मिक तथा मौलिक पहिचान बोकेको सम्पदाको चित्रहरू राखिएको थियो ।
बैठकमा सहभागीलाई जिल्ला कमिटी र नगरपालिकाको तर्फबाट मौलिक संस्कृति झल्किने सामग्रीहरू वितरण गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठका अनुसार पालिकाको तर्फबाट योमरी र नगरपालिकाको परिचय दिने गन्तव्य मध्यपुर थिमिको ब्रोसर वितरण गरिएको थियो । यसै गरी नगर कमिटिको तर्फबाट महिलाहरुको लागि पछ्यौरा, पुरुषको लागि भादगाउँले टोपीको वितरण गरिएको थियो ।
बैठकमा सहभागी भएका स्थायी सदस्यलाई भक्तपुरको जुजु धौ (दही) वितरण गरिएको उनले जानकारी दिए ।
बैठकको दोस्रो दिन अर्थात् २६ गते सो सामग्री वितरण गरेको थियो । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बालकुमारीका एकल एकता महिला समूहका सदस्यहरूले योमरी बनाउँदै बितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend