Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त


    सोमबार, मंसिर २७ २०७८
    395
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जर्मनी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित आइतवार सो पदमा नियुक्ति गरिएको हो।

    काभ्रे बनेपाका बन्जारा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुन्। यसअघि प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारणले सो पदबाट राजीनामा दिए पछि बन्जारालाई नियुक्त गरिएको हो।

    गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन्। गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अष्ट्रेलियन कम्पनी भेरो मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार