Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा आँधी, ५० भन्दा धेरै मानिसको मृत्यु भएको आशंका


    शनिबार, मंसिर २५ २०७८
    3.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी 

    काठमाडौं । अमेरिकाको केन्टकी प्रान्तमा आएको भीषण आँधीमा अहिलेसम्म ५० भन्दा धेरैको ज्यान गएको आशंका व्यक्त गरिएको छ । राज्यका गभर्नर एन्डी बेशियरले केन्टकीको इतिहासमा यो सबैभन्दा भीषण आँधी भएको बताएको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार मर्नेको संख्या १ सय सम्म पुग्न सक्छ । 

    अमेरिकाको कयौं प्रान्तमा लगातार आँधी आइरहेको छ र  कयौं कर्मचारी अमेजनको वेयरहाउसमा फसेका छन् । 

    न्यूयोर्क टाइम्सका अनुसार आँधी आएको समयमा करिब १ सय मानिस मेफिल्डको मैनवत्ती बनाउने उद्योगमा उपस्थित थिए । बेशियरका अनुसार त्यसमध्ये १२ जनाको मृत्यु भएको छ । 

    प्रशासनिक अधिकारीहरुका अनुसार शुक्रवार राति आएको आँधीले दक्षिणी इलिनइसस्थित एक अमेजन वेयरहाउस तहस-नहस गरिदिएको छ । 

    अहिले सम्म छत खस्दा कति जनालाई चोट लाग्यो भन्ने थाहा हुन नसकेको स्थानीय आपातकालीन सेवा दिने संस्थाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार