Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोइराला परिवारका सशांक, शेखर र सुजाता तीनतिर


    शनिबार, मंसिर २५ २०७८
    4.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् ।

    अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा उठ्ने भएकी छन् । 

    शेखर कोइराला आफैं सभापतिमा उठ्ने भएका छन् । उनी यतिबेला आफ्नो नेतृत्वको प्यानल बनाउने अन्तिम चरणमा छन् । 

    महामन्त्री डा.शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् । उनी उपसभापति या महामन्त्रीकै उम्मेदवार बन्ने भन्ने पनि सुनिश्चित भइसकेको छैन । 

    शशांक शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा देउवाले कोइरालाई आफ्नो उपसभापति बस्न आग्रह गरेको खबरले महाधिवेशनस्थलमा अहिले शशांक संस्थापन पक्षमा खुलेको भन्दै सनसनी मच्चिएको छ । यद्यपि शशांकले अहिलेसम्म केही सार्वजनिक गरेका छैनन् । केही अघिसम्म शशांक पनि सभापतिको दौडमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार