Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगरको शिक्षा प्रमुखको दौडमा १३ जना


    बुधबार, फाल्गुन २८ २०७६
    900
    Shares
  • २ मिनेट पाठ
  •   काठमाडौं, २८ फागुन ।

    देशकै पहिलो काठमाडौं महानगरपालिकाको तीन महिनादेखि रिक्त विभागीय प्रमुख हुन तँछाडमछाड छ । कामपासँग १३ जनाले सहमति लिएर   दौडधुपमा लागेका छन् । स्रोतका अनुसार सहमति लिएका अधिकांश कर्मचारीले नेकपाका शक्तिशाली नेताको सोर्सफोर्स लगाइरहेका छन् । 

    दौडको पहिलो नम्बरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलका तत्कालीन निजी सचिवालयका प्रमुख उपसचिव पुष्प ढकाल हुन् । अहिले चितवनको माडी नगरपालिकाका शिक्षा विभाग प्रमुख रहेका उनी शिक्षामन्त्री पोखरेलको पहिलो रोजाईका हुन् । उहाले यही कात्तिक ४ गते महानगरपालिकामा सहमति लिएका छन् । 
    दोस्रो नम्बरमा बोधराज निरौला हुन् । उनले  मंसिर २ गते सहमति लिएका थिए ।   तेस्रोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रामप्रसाद सुवेदी हुन् ।  

    त्यस्तै गोविन्दप्रसाद शर्मा, शिवप्रसाद रेग्मी,  ईश्वरीप्रसाद पोखरेल, ज्ञानेन्द्र वन, दिवाकर चापागाई, दामोदर चापागार्ई, रमा अर्याल पन्थी, कर्णबहादुर कुँवर र सीताराम कोइरालाले सहमति लिइसकेका छन् ।

     सहमति लिएका अधिकांसले विभिन्न राजनीतिक र कर्मचारीको शक्ति प्रयोग गर्दै  मेयर, उपमेयर, कार्यकारी अधिकृत र उच्च तहका कर्मचारीलाई भनसुन गर्न पुगेका छन् ।   
        

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार