Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच डीएसपीको काज सरुवा, अफ्तावलाई पक्राउ गर्न नदिनेलाई बौद्ध


    मंगलबार, फाल्गुन २७ २०७६
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ फागुन । प्रहरी प्रधान कार्यालयले सार्वजनिक बिदाको दिन ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले होलीको दिन डीएसपीको काज सरूवा गरेको हो ।

    सरूवा हुने डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्धमा काज सरूवा गरिएको छ । बौद्ध बृत्त आकर्षक मानिन्छ ।
    वृत्त बौद्धका प्रमुख रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा लगिएको छ । त्यसरी नै डीएसपी मदन कुँवरलाई सर्लाही, भरत श्रेष्ठलाई रौतहट र प्रतीकसिंह राठौरलाई सर्लाहीबाट हेडक्वार्टर काजसरूवा गरिएको छ ।

    रौतहटका डीएसपी कार्कीमाथि तात्कालिक प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई रौतहट बम विस्फोटन घटनाका अभियुक्त मोहमद अफ्ताब आलमलाई पक्राउ गर्न खोज्दा गलत रिपोर्टिङ गरेको आरोप लागेको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार