Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरमा सवारी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक पुरोहितको ज्यान गयो


    सोमबार, कार्तिक २२ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ ।

    त्रियुगा नगरपालिका- ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका-११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।

    को-१९ प ९६४६ नम्बरको मोटरसाइकल र स-१ ह१६२० नम्बरको अटो ठाेक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीकाे ज्यान गएकाे हाे । 

    अटो चालक चौदण्डीगढी नगरपालिका-७ का नरबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार