Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेट: लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा


    मंगलबार, कार्तिक १६ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो ।

    जितका लागि  १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो ।

    श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए ।

    इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र  मोईन अलीले  २-२ विकेट लिए ।

    यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।

    इंग्ल्यान्डका ओपनर जस बटलरले  १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले  ४० रनको योगदान दिए  ।

    श्रीलंका स्पिनर वानिन्दु हसरंगाले  ३ विकेट लिए ।

    यसअघि  इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो ।

    सुपर -१२ को समूह – १ मा इंग्ल्यान्ड ४ खेलमा ४  जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । अष्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश अंक तालिकाकाे पुछारमा छ ।

    समूह- २ मा पाकिस्तान ३ खेलमा ३  जितका साथ शीर्ष स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार