विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले कसैको खुट्टा तानेर प्रगतिमा अवरोध हुने मात्र होइन लोकतन्त्रलाई बलियो नबनाउने बताए ।
प्रदेशसभामा उनले विश्वासको प्रस्तावमा गरेका छन् । सोही प्रस्तावमाथि मतदान हुने गरी बसेको प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारले पूर्ववर्ती सरकारका राम्रा कामलाई निरन्तरता दिँदै अघि बढेको बताए ।
राजनीतिक अस्थिरता र तरलताकाबीच आफूले सत्ता सम्हालेको बताउँदै उनले आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थामा उल्लेख्य काम गरेको दाबी गरे ।
प्रदेश १ सभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, आचार्य संलग्न पार्टी एमालेको एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एक जना सांसद छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend