Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अधिवक्ताहरूबीचकाे मुक्का हानाहानपछि दीपकराज भने- ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्ने हो कि ?


    शुक्रबार, कार्तिक १२ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाँस्यकलाकार दीपकराज गिरीले अधिवक्ताबीच भएको कुटाकुटको बिषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग प्रकट गरेका छन् ।

    शुक्रबार दिउँसो नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच मुक्का र लात्ति हानाहान भएको थियाे ।  कलाकार दिपकले साेहि बिषयलाई लिएर सामाजिक सामाजिक सञ्जाल फेसबुकमार्फत व्यंग गरेका हुन् ।

    उनले बारको अगाडि रेष्टुरेन्र शब्द थपेर रेष्टुरेन्ट एन्ड बार बनाए त जति कुटाकुट गरे पनि हुन्छ भन्दै व्यंग गरेका छन् ।

    उनले लेखेका छन्- “कानून ब्यवसायीहरूको संस्था “बार” को अगाडि“ रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो  जति कुटाकुट गरे पनि भो !”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार