Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुमा ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ


    शुक्रबार, कार्तिक १२ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुमा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद भएको छ ।

    प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो । यो परिमाण यस वर्ष देशभरमा बरामद भएकोमध्ये सर्वाधिक हो । 

    लागुऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    उनकाअनुसार बिहीबार दिउँसो १ः४५ बजे भारतदेखि नेपालतर्फ ल्याउँदै गर्दा सीमा प्रहरी चौकी चाकरचौडाले खत्रीलाई पक्राउ गरेको थियो । 

    पक्राउ परेका कार्कीलाई लागुऔषध ऐन २०३६ अनुसार मुद्दा दायर गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार