Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसदलाई सचिवालयको सूचना: अधिवेशनसँगै सदन अन्त्य भएकाले बैठक छ भनेर नआउनुहोला


    शुक्रबार, कार्तिक १२ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएसँगै तोकिएका बैठकहरु पनि रद्ध भएको जानकारी गराएको छ ।

    अधिवेशनसँगै सदन पनि अन्त्य भएकाले बैठक रद्ध भएको जानकारी सांसदलाई गराउन संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार सूचना जारी गरेका छन् ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेकी थिइन् ।

    अधिवेशन अन्त्य भएसँगै २९ कात्तिकमा तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचनाबाट तोकिने भनिएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य हुने भएको जानकारी सचिवालयले गराएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार