Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवादमा फसेका प्रधानन्यायाधीश जबराले आज पनि ताेके ८ वटा पेसी


    शुक्रबार, कार्तिक १२ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार पनि ८ वटा पेसी तोकेका छन् ।

    अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोकेका छन् ।

    प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा तथा चोलेन्द्रशमशेर जबरा र डा.कुमार चुडालको संयुक्त इजलास गठन गरेका छन् ।

    एकल इजलासमा डा. आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकेका छन् ।  बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दाको पेसी तोकेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने पूर्व न्यायाधीश भैरव लम्सालको निधनका कारण इजलासमै बसेनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार