Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले मानार्थ महारथीबाट सम्मान गर्ने


    बिहिबार, कार्तिक ११ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिवसीय भारत भ्रमणमा जाने भएका छन् ।

    भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरिसकेको छ ।

    भारतीयस्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् । नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एकअर्काको मानार्थ महारथीबाट सम्मान गर्न प्रचलन छ ।

    प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीबाट सम्मान गर्ने कार्यक्रम नेपाली सेनाले जनाएको छ ।

    यसअघि भारतका स्थल सेनाध्यक्ष नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेकी थिइन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार