Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनबाट १० लाख डोज खोप नेपाल आइपुग्यो


    बुधबार, कार्तिक १० २०७८
    435
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज बिहान ९ बजे आएको छ । 

    स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ ।

    सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।

    विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको बताए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार