Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा दुई प्रहरीको हत्या प्रकरण: ९ जनालाई जन्मकैदको फैसला, एक जनाले पाए सफाई


    बुधबार, कार्तिक १० २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । जिल्ला अदालत कैलालीले दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाएको छ ।

    मंगलबार  जिल्ला न्यायाधिश जयानन्द पनेरुको एकल इजलासले धनगढीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला  सुनाएको हो । साथै एक जनालाई सफाइ दिएको अदालतले जनाएको छ। 

    जन्म कैदको सजाय पाउनेहरुमा मुुख्य योजनाकार धनगढी उपमहानगरपालिका-१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका-११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल राना रहेका छन्। 

    यस्तै, अर्का अभियुक्त धनगढीका मटर व्यापारी राजिव गुप्ताले भने सफाइ पाएको अदालतले जनाएको छ। 

    गत वर्ष कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला सो समूहले असई विक र जवान साउदको विभत्स हत्या गरेको थियो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार