इलाम । इलामकाे देउमाई नगरपालिका वडा नम्बर ५ का एक व्यक्तिले गए राति श्रीमती र छोरीको हत्या गरेका छन् ।
इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार हत्या गर्नेमा ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) रहेका छन् । तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेका हुन् ।
उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ ।
‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ थापाले भने। घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किमी टाढा पर्छ।