Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँचथर बस दुर्घटना घाइतेको संख्या ६४ पुग्यो


    सोमबार, कार्तिक ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाँचथर । पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरू मध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ ।

    पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो ।

    अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । 

    दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार