काठमाडाैं । नेपालमा थप सात सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सात सय ८ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । सात हजार २ सय ५३ जनाको पिसिआर परीक्षण र २१२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
नेपालमा हाल १० हजार ९४६ जना सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
९३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ ।
त्यस्तै काठमाडौं उपत्यकामा २२२ थपिएका छन् । जसमध्ये काठमाडौंमा १७१, ललितपुरमा ३३ र भक्तपुरमा १८ संक्रमित छन् ।