Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक युवक पक्राउ


    बिहिबार, कार्तिक ४ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।

    बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाई प्रहरीले बुधबार साँझ ८ बजे  लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिकबाट पक्राउ गरेको हाे ।

    प्रहरीले चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।

    त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार