Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्र बैंककाे २४ घण्टे अल्टिमेटमपछि सबै बैंकले घटाए निक्षेपको ब्याज, कुनकाे कति ?


    बिहिबार, कार्तिक ४ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै व्याजदर परिवर्तन गर्न २४ घण्टे अल्टिमेटम दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् ।

    बैंकहरुले मनपरी ब्याजदर बढाएर मुद्दतीमा १० प्रतिशत भन्दा बढी पुर्याएपछि  राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न हिजाे (बुधवार) निर्देशन दिएको थियाे

    कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

    सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन् । नेपाल बैंक, एनएमबी, कुमारी, एनर्आइसी एसिया र मेगा बैंकले पनि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेका छन् । 

    यसैगरी, नेपाल एसबीआईले ९.४१ तथा नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी समान बैंकले ९.३५ रुपैयाँ ब्याज तोकेका छन् । सनराईज बैंकले ९.०६, सानिमाले ९.०६, प्रभुले ८.५७, राष्ट्रिय वाणिज्यले ८.३६, सिटिजन्सले ८.८, कृषि विकासले ८.८५, तोकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार