Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो


    बिहिबार, कार्तिक ४ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमलानदीको पुलको तेस्रो पिलर (स्पान) पनि भासिएको छ ।

    लगातारको वर्षाले कमला नदीमा आएको बाढीले केही महिनाअघि मात्रै पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको पुलको अर्को स्पान पनि बुधबार भासिएको हो ।

    बुधबार मध्यान्ह धनुषातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

    ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिँचाइ आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार