Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेन्फिकामाथि बायर्नको सानदार जित, १४ मिनेटमा चार गोल


    बिहिबार, कार्तिक ४ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गरेको छ ।

    बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

    बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए । रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक बेन्फिकाका एभर्टनले आत्माघाती गोल गरे ।

    पहिलो हाफ बायर्नले नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।

    ७०औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८०औँ मिनेटमा एभर्टनले आत्मघाती गोल गर्दा बायर्न २-० ले अगाडि बढ्यो ।

    ८२औ्ँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए । त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए ।

    बुधबार राति नै भएको समूह ‘ई’ को  अर्काे खेलमा जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले  डेनामो किएभमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ ।

    यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार