Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्याम्पियन्स लिग: रोनाल्डोको गोलमा युनाइटेडको उत्कृष्ट जित


    बिहिबार, कार्तिक ४ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित हाँसिल गरेको छ ।

    बुधबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको समूह एफको खेलमा एटलान्टालाई ३–२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पुनरामगन जित हाँसिल गरेको हो। 

    युनाइटेडले पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै एटलान्टालाई ३–२ गोल अन्तरले हराएको हो ।

    खेलमा अग्रता पाहुना टोली एटलान्टाले १५ औं मिनेटमा मारियो पासालिसको गोलमा लिएको थियो । त्यस्तै, मेरिह डिमिरलले २८ औं मिनेटमा एटलान्टाको अग्रता दोब्बर बनाए ।

    दोस्रो हाफमा युनाइटेडमा खेलमा फर्कियो । ५३ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि पहिलो गोल गरे । 

    त्यस्तै, ७५ औं मिनेटमा ह्यारी मागुइरीले युनाइटेडका लागि बराबरी गोल फर्काए । खेल सकिन ९ मिनेट अघि रोनाल्डोले गोल युनाइटेडलाई जित दिलाएका थिए । 

    जितसँगै समूह एफको खेलमा युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । पराजित एटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार