Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पिकेको निर्णायक गोलमा बार्सिलोनाको कठीन जित


    बिहिबार, कार्तिक ४ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । 

    खेलको ३६औँ मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए ।

    च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । 

     च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाति दुई खेलमा पराजित भएको थियो ।

    जितपछि बार्सिलोना समूह ‘इ’मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार