Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा


    बुधबार, असोज २७ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

    पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । तर नेपालका अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए ।

    नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

    यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ . बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।  

    फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार