Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रोनाल्डोको ह्याट्रिकमा लक्जुम्बर्गमाथि पोर्चुगलको फराकिलो जित


    बुधबार, असोज २७ २०७८
    385
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लक्जेम्बर्गमाथि ५ -० को फराकिलो जित दर्ता गरेको छ ।

    पोर्चुगलको जितमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पुरा गरे। जसमा दुई पेनाल्टी र एक हेड मार्फत गोल गरेका थिए । 

    रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दो पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए । त्यसैगरी १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेका थिए । ६९ औं मिनेटमा जोआओ पाल्हिन्हाले अग्रता बढाएका थिए । खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले हेडरमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

    यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ ।

    रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा दशौं ह्याट्रिक पूरा गर्दा व्यावसायिक करिअरको ५८ औं ह्याट्रिक प्रहार गरे । उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय १५ पुर्याएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार