Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखराको कोरोना अस्पतालमा एक पुरुषको मृत्यु


    सोमबार, जेष्ठ १९ २०७७
    630
    Shares
  • २ मिनेट पाठ
  • पोखरा, १९ जेठ । आइतबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

    स्याङ्जा फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्कीको पोखरास्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।

    २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किएपछि ज्वरो बढेकाले उनलाई प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

    ‘यहाँ आउँदा बेहोस हुनुहुन्थ्यो रे,’ प्रतिष्ठान निर्देशक डा अर्जुन आचार्यले भने, ‘यहाँ ल्याउने बित्तिक्कै उहाँको डेथ भयो ।’ उनको शुक्रबारमात्रै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो ।

    उपचारका क्रममा कार्कीको मृत्यु भएपछि प्रतिष्ठान प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको जानकारी दिएको छ ।

    ‘के कति कारणले उहाँको मृत्यु भएको हो । शंका निवारणका लागि पुनः कोरोना परीक्षण गर्न पठाएका छौं,’ उनले भने । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार