काठमाडौं, २४ फागुन ।
लोकतन्त्रमा राजनीतिक पार्टीहरुले जनताबाट निर्वाचित भएर देशको शासन संचालन गर्दछन् । तर ती देश हाँक्ने पार्टीका नेताहरुमाथि भ्रष्टाचार आरोप लागेपछि पार्टीले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्ने हो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेर निलम्बन गरिएका नेताहरु पनि पार्टीमा ससम्मान जिम्मेवारी बहन गरिरहेका छन् । भ्रष्टाचार आरोपमा अख्तियारले मुद्दा दायर गरिसकेपछि सांसद वा कुनै पनि लाभको पदबाट स्वतः निलम्बन हुन्छ । तर पार्टीले भने निलम्बन समेत नगरी पदाधिकारी वा केन्द्रीय सदस्यमा राखेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दायर गरे पनि नेपाली कांग्रेसले बिजय गच्छदारलाई उपसभापतिबाट निलम्बन गरेको छैन । उनी सांसद पदबाट निलम्बित भइसकेका छन् । पार्टीले भने निलम्बन गरेको छैन । गच्छदारसँग अख्तियारले ९ करोड ६५ लाख ७६ हजार बिगो माग गरी मुद्दा दायर गरेको छ । उनीसँग अख्तियारले ३१ करोड ५२ लाख १७ हजार ६ सय रूपैयाँ विगो दावी गरेको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसका अर्का नेता टेकबहादुर गुरुङबिरुद्ध पनि अख्तियारले एक बर्षअघि २०७५ माघ २८ मा भ्रष्टाचार मुद्दा दायर गरेको छ । समाज कल्याण परिषदको भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा अनियमितता गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । उनी बिरुद्ध अख्तियारले ३१ करोड ५२ लाख १७ हजार ६ सय रूपैयाँ विगो दावी गरिएको छ ।
नेपाली कांग्रेसभित्र मात्र होइन, नेकपामा पनि भ्रष्टाचार आरोप लागेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेलाई निलम्बन समेत गरिएको छैन । उनीबिरुद्ध भृकुटीमण्डपको ६० रोपनी जग्गा टेकबहादुर गुरुङको फनपार्कलाई लिजमा दिंदा ३१ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा २०७५ माघै मुद्दा दायर भएको छ । तर उनलाई पनि नेकपाले पार्टीबाट निलम्बन गरेको छैन । पार्टीको जिम्मेवारीमा उनी यथावत छन् ।
नेकपाको २०७६ माघ १५ मा सुरु भएर माघ १९ मा सकिएको केन्द्रीय समिति बैठकमा उनी सक्रिय सहभागी थिए । र, उनले एमसीसी र सरकारको समर्थनमा बोलेको कुरा सार्वजनिक भएको थियो । उनीबिरुद्ध पनि अख्तियारले ३१ करोड ५२ लाख १७ हजार ६ सय रूपैयाँ विगो दावी गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग अख्तियारले भ्रष्टाचार आरोपमा मुद्दा परिसकेपछि पार्टीबाट निलम्बन गर्नु पर्ने हो कि होइन भन्ने प्रश्नमा उनले भने, ‘नेकपाको अन्तरिम विधानमा निलम्बनको ब्यवस्था छैन । अख्तियारले मुद्दा दायर गरेको हो, भ्रष्टाचार ठहर भएको छैन ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend