काठमाडौँ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।
पछिल्लो समय लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए ।
केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले जुम्लाको आफ्नै गाउँमा पुगेर बिबाह गरेका हुन् ।
अहिले उनीहरुलाई सामाजिक सञ्जालहरुमा बधाई दिनेहरुको ओइरो लागेको छ।