Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गच्छदारको कोटामा ११ केन्द्रीय सदस्य थपः गुण्डानाइके गणेश लामा परेनन्


    शनिबार, फाल्गुन २४ २०७६
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ फागुन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरे पनि नेपाली कांग्रेसले बिजय गच्छदारलाई उपसभापतिबाट निलम्बन गरेको छैन । उनी सांसद पदबाट निलम्बित भइसकेका छन् । पार्टीले भने निलम्बन गरेको छैन ।

     गच्छदारको कोटाबाट कांग्रेस सभापति शेरबहादुर देउवाले ११ केन्द्रीय सदस्य थप गरेका छन् । तत्कालीन लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार देउवाले ११ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    ११ केन्द्रीय सदस्यमा गुण्डानाइके गणेश लामाको पनि नाम गच्छदारले दिएका थिए । तर सभापति देउवाले पार्टीभित्र चर्को बिरोध भएकाले लामालाई केन्द्रीय सदस्य बनाउन सकेनन् । लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार