काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले शुक्रबार नै १० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको भए पनि अझै सरुवाकाे सूची सार्वजनिक भएको छैन् ।
मन्त्रालय स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्यले नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक थिए ।
भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ ।
यस्तै लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ भने नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ ।