काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ ।
क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको आज दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहेका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए । सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट आठ सचिव, समावेशीवाट पाँच सचिव र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
आजको वन्दसत्रमा नेकपा (माओवादी केन्द्र) का नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अङ्गीकार गर्नुपर्ने शैक्षिक मुद्दा तथा आन्दोलनका बारेमा प्रशिक्षण दिएका थिए । त्यसअघि बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति भङ्ग गर्दै बन्द सत्र सञ्चालन गर्नका लागि मिलन एमसी, क्षितिज सापकोटा, सुमन थुलुङ, वीरबहादुर थापा, पेमा लामा, भोला यादव, सामना श्रेष्ठ, जागृति पौडेल र नग्मा माली रहेको नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।
बन्दसत्रको हलमा अध्यक्ष तामाङले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेश गर्नुभएको छ । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीले जनाएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्षमा उत्तम अधिकारी, सुरेन्द्र बस्नेत र पंचा सिंहले दाबी गरेका छन् । अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट नभई सहमतिबाट हुने बताइएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend