काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेको हो ।
बिहिबार प्रतितोला ८८ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य बढेर तोलाको ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेको छ । आज चाँदीको मूल्यमा तोलाको ११ सय ४० रुपैयामा कारोबार भइरहेको छ ।