काठमाडौं । दुबईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै प्ले अफमा प्रवेश गरेको छ।
बिहीबार राति सारजाहमा भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।
हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५, फाप डु प्लेसिसले ४१, मोइन अलिले १७, अम्बाती रायडुले १७ तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन जोडे ।
हैदरावादका जोसन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
हैदरावादका रिद्दिमान शाहले ४४, अविशेक शर्मा र अब्दुल समादले १८/१८ रन जोड्दा राशिद खानले अविजित १७ रन बनाए ।
चेन्नईका जोश हेजलउडले ३ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए ।