Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको संसद् चल्न नदिने रणनीति, ‘१४ जनालाई कारबाही गरिएन भन्ने बहाना मात्रै’


    शुक्रबार, असोज १५ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ।

    संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।  

    आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसद्लाई भूमिकाविहीन बनाउन सक्रिय छन्। प्रधानमन्त्री हुँदा पनि उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए। उनको कदमलाई दुईपटक नै सर्वोच्च अदालत अवैध ठहर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो। ओली अहिले पनि संसद् चल्न नदिने रणनीतिमा छन्।  

    पार्टीका असन्तुष्ट १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै एमालेले संसद् चल्न दिएको छैन। सत्ताबाट बाहिरिनुपरेको आक्रोश एमालेले संसद् बैठक चल्न नदिएर पोखेको कांग्रेसका एक नेताले बताए।

    ‘माधव नेपालसहित १४ जनालाई कारबाही गरिएन भन्ने एमालेको बहानामात्र हो,’ ती नेताले भने, ‘पाँच वर्ष ढुक्कले सत्तामा बसिन्छ भन्ने थियो। तर उहाँहरू आफ्नै कारणले सत्ताच्युत हुनुभयो। त्यसको आक्रोश पूर्वप्रधानमन्त्री ओलीमा देखिन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार