Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएल: राजस्थानमाथि बेंगलोरको उत्कृष्ट जित


    बिहिबार, असोज १४ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले उत्कृष्ट जित निकालेको छ ।

    बुधबार राति दुबईमा भएको खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

    राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

    बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले नटआउट  ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । 

    राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

    राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । 

    बेंगलोरका हर्सल पटेलले ३ तथा युजभेन्द्र चाहल र शाहबाज अहमेदले २/२ विकेट लिए ।

    जितसँगै बेंगलोर ११ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।पराजित राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार