काठमाडौं । सिटिजन्स बैंक (CZBIL) ले आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकका लगानीतकर्ताले १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश पाउनेछन् ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।