Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीमामा भारतीय तस्करहरुको रजगज: चेकिङ गर्ने सशस्त्रको टोलीमाथि नै ढुङ्गामुढा, भारतीय प्रहरी भन्छ- कारबाही गर्छौं


    मंगलबार, असोज ५ २०७८
    670
    Shares
  • २ मिनेट पाठ
  • कन्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ ।

    ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ ।

    सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर ऐरका अनुसार सात-आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुङ्गामुढा प्रहार गरेका हुन् ।

    भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको एसपी ऐरले बताए।

    ‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ’, उनले भने, ‘तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।’ घटना राति १०ः३० बजे भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार