काठमाडौं । सरकारले हरेक बर्ष संविधान दिवसका दिने विभूषण (तक्मा) पाउनेहरुमा पत्रकारहरु पनि परेका छन् । विभूषण पाउने पत्रकारहरुमा झिल्को डटकम तथा समयबद्ध साप्ताहिकका सम्पादक महेश्वर दाहाल, अन्नपूर्ण पोष्टका नरेन्द्र साउद, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटी, नागरिक दैनिकका भुवन शर्मा लगायत छन् ।
त्यसैगरी, ४ पत्रकारहरुले तक्मा नलिने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिने तक्मा नलिने घोषणा गर्ने पत्रकारहरुमा नयाँपत्रिका दैनिकका कृष्णज्वाला देवकोटा, इकागज डटकमका हरिबहादुर थापा, कार्टुनिष्ट रविन सायमी र नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृत छन् ।
मापदण्डै नबनाई भागबण्डामा दिइएको पुरस्कार नलिने घोषणा चारै जना पत्रकारले गरेका छन् ।