Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा प्रसस्त विकास भएको मुख्यमन्त्री भट्टकाे दाबी


    शुक्रबार, असोज १ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन् ।

    जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गरे ।

    मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताए ।

    नौवटै जिल्ला सदरमुकामसम्म सडक कालोपत्र गरिएको उनको भनाइ थियो । युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उनले बताए ।

    प्रदेश सरकारले सडक सुविधा पु¥याएका कारण जोरायलस्थित छहरा झर्ना, पूर्वीचौकीको बगलेकलगायत पर्यटकीय ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको मुख्यमन्त्री भट्टले बताए । सायल गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र भेलछडासम्म सडक निर्माणको काम अघि बढाइएको उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार