Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको साढे ३८ लाखसहित २ जना पक्राउ


    बिहिबार, भाद्र ३१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । कन्हैयाप्रसाद सोनारले संचालन गरेकाे वीरगञ्ज-६ माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । 

    अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार पसलमा खानतलासी गरि स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगदसहित सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर-३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेकाे छ ।

    पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार