काठमाडाैं । प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेका कारण बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।
यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार सकिंदै छ ।
सद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । याे सँगै बुधबारबाट सरकारी खर्च बन्द हुने पक्का भएकाे हाे ।
मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५–७ दिन सरकारी खर्च रोकिने जानकारी दिएका हुन् । अब केही दिन सरकारलाई राज्यकोषबाट खर्च गर्न रोक लाग्ने भएको छ ।