Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प


    सोमबार, भाद्र २८ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेहरान  ।  इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ ।

    तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।  एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार