कैलाली, १३ जेठ । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति कैलालीको जानकी गाँउपालिका १ का ३८ वर्षीय पुरुष हुन् ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार ६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा संक्रमण देखिएको हो ।
भारतबाट जेठ ३ गते कैलाली आएका उनी जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा थिए ।
१६ जनामध्ये ४ जनालाई संक्रमण देखिएको छ उनले भने अन्य को रिपोर्ट आउन बाँकी छ । यसअघि यसै क्वारेन्टाइनमा बसेका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
योसंगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ । बैतडीमा ५, अछाममा १ र डडेल्धुरा, कञ्चनपुरमा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।