Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले निहुँ खोजे नेकपा समाजवादीले संसदमै प्रतिवाद गर्नेछः सांसद खतिवडा


    बुधबार, भाद्र २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेबिरुद्ध प्रतिनिधिसभामै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संघीय संसदको नवौं अधिवेशनको पहिलो र दोस्रो प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गरेपछि समाजवादीले एमालेले निहुँ खोजे सदनमै जवाफ दिने प्रष्ट पारेको छ ।

    समाजवादीका नेता विरोध खतिवडाले एमालेका बिरुद्ध सदनमै जवाफ दिने चेतावनी दिएका हुन् । समाजवादी पार्टीको बारेमा एमालेले सदनमा उठाएका प्रश्नको सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ, उनले भने, ‘संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार