Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष ओली भन्छन्: एमाले जेठ २ मा फर्किदैन


    मंगलबार, भाद्र २२ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वनमा आउने नसक्ने स्पष्ट पारेका छन् । 

    मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वन नहुने बताएका हुन् ।

    उनले २०७५ साल जेठ २ गते उही रुपमा नफर्किने पनि उद्घोष गरेका छन् । 

    माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला ओलीले भने जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका हुन् ।

    ओली भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे ।’

    माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार