Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट आएका थिए सप्तरीका कोरोना संक्रमित


    सोमबार, जेष्ठ १२ २०७७
    805
    Shares
  • २ मिनेट पाठ
  • सप्तरी, १२ जेठ। सप्तरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका दुई जना भारतबाट आएको देखिएको छ । उनीहरु केही दिन अघि २७ जनाको टालीसँग नेपाल आएका थिए ।
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको छ ।

     

    यी दुवै जना १७ जनाको समूहमा नेपाल प्रवेश गरेका थिए । सबैलाई राजगढ गाउँपालिकाको नर्घोस्थित क्वारेन्टाइनमा राखिएको थियो । यी १७ जनाकै स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गराउँदा दुई जनाको पोजेटिभ देखिएको यादवले बताए ।

    यो क्वारेन्टाइनमा भारतबाट आएका १ सय ६ जनालाई राखिएको छ ।

    यी दुईसँगै डाक्नेश्वरी नगरपालिकामा संक्रमितको संख्या तीन पुगेको छ भने सप्तरीमा चार । यसअघि डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोल तथा बलान बिहुल गाउँपालिका ४ बेल्हीका एक पुरुष संक्रमित देखिइसकेका छन् ।

    संक्रमित चारै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार