Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिरामीलाई सहयोग गर्दा आफैँलाई कोरोना ! 


    सोमबार, जेष्ठ १२ २०७७
    755
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १२ जेठ ।  निजी एम्बुलेन्स सञ्चालन गर्दै आएका एक युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निजी गाडीलाई एम्बुलेन्सको रुपमा सर्वसाधारणलाई सहयोग गर्दै आएका व्यक्तिलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि छन् ।

    नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलले उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउँदै आएको उल्लेख गरे । ‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

    बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।५१ जनामध्ये ती पुरुषको मात्र रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार