Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोखाका किराना पसलेलाई कोरोना संक्रमण पुष्टि


    सोमबार, जेष्ठ १२ २०७७
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १२ जेठ । काठमाडौँमा एक किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ। टोखा नगरपालिकामा किराना पसल सञ्चालन गर्दै आएका ४१ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार गर्न थालेका थिए।

    टोखा नगरपालिकाले ‍कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो।

    टोखा नगरपालिका ३ का अध्यक्ष महेश्वर केसीका अनुसार किराना पसलेमा संक्रमण देखिएको हो। ती व्यक्तिको र्‍यापिड टेस्ट पनि पोजेटिभ आएको थियो। र्‍यापिडमा पोजेटिभ देखिएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेका थिए।

    टोखाकै वडा नं ६ मा पनि संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको सम्पर्कमा आएको व्यक्ति भएको वडा अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार